अर्घाखाँचीमा एमालेको बृहत कार्यकर्ता भेला सम्पन्न | एमालेसँग सबै दल डराए: रायमाझी (फोटो फिचर)


गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा (एमाले)को बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ ।   
एमालेको सन्धिखर्कको सभागृहमा आज मंगलवार बृहत कार्यकर्ता भेला सम्पन्न  भएको हो ।
कार्यकर्ता भेलामा नेकपा एमाले स्थायि कमिटी सदस्य तथा पुर्व मन्त्री टाेपबहादुर रायमाझीले एमालेसग दलहरू एक्ला एक्लै भिड्न डराएकाे बताए  । एमालेसग एक्लै लड्न नसकेपछि सबै शत्ति मिलेर कमजोर बनाउन खाेजे पनि एमाले कमजाेर नहुने दावी गर्नुभयाे ।
बृहत् कार्यकता भेलामा बाेल्दै नेता रायमाझीले नेपालमा काग्रेस एमाले दुइपार्टि रहने अरू दल विघटन हुने बताए । परमादेशबाट सरकार तथा प्रधानमन्त्री नियुक्ति हुनु दुखद भएकाे भन्दै जनमत माथि कुठारघात भएकाे टिप्पणी गर्नुभयाे ।
एमसिसि परियाेजना संसाेधन सहित पास गर्नु पर्ने बताउदै ,सरकार गठबन्धनले यसबारे  अाधिकारिक धारण सार्वजनिक गर्न साथ एमालले स्षट विचार ल्याउने बताए ।
कार्यक्रममा नेकपा एमाले केन्दिय सदस्य महेश बस्नेतले प्रचण्ड र माधव नेपाल काग्रेसकाे शरणमा पुगेकाे बताए ।
 
उहाँहरूले कम्युनिस्ट सरकारलाइ ढालेर काग्रेसलाइ सरकार बुझाएर आफनाे अस्तित्व जाेगाइदिन शरणमा पुगेकाे जिकिर गरे । १० बुदे सहमति गरि एमालेलाई एकताबद्ध बनाएकाे बताउदै माधव नेपाले पार्टी नै विघटन गर्ने षड्यन्त्रमा लागेकाे भएनि सफल नभएकाे बताउनुभयाे ।
एमाले बाघ भएकाे भन्दै स्यालहरू जति चुरिफुरि गरेपनि बाघकाे झापड पर्दा हालत खराव हुने बताए ।
सभामुख अग्नि सापकाेटा सभामुख नभइ प्रचण्ड,शेरबहादुर देउवा र माधव नेपालकाे मुख भएकाले ससद अवरूद्व गर्नु परेकाे बताए । 
१४ जना सासदलाइ पार्टीले कार्वाहि गर्दा १ महिना वित्दा समेत सुनावाइ नगर्ने तर अन्य दलका सासदकाे  १२ घण्टा नबित्दै कार्वाही गर्ने नियतले समामुखकाे नियत सफा नभएकाे दावी गर्नुभयाे ।
 
कार्यक्रममा केन्द्रीय सदस्य नजिर मिया,चन्द्रबहादुर खड्का,बाेमबहादुर विक,प्रदेश सचिवालय सदस्य चेतनारायण आर्चाय, रामजी प्रसाद घिमिरे,जालपा भुसाल,जिल्ला उपाध्यक्ष जिवनारायण काेइराला,सचिव ताेजबहादुर रायमाझी लगाएले मन्तव्य राखेका थिए ।