सन्धिखर्क नगरपालिकामा बाल दिवसको अवसरमा बिधार्थी पुरस्कृत


हृदय भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले सामान्य अबस्था वा माहामारी बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ बाल दिवस मनाईको छ ।
सन्धिखर्क नगरपालिकाले नगरभित्रका आधारभुत तहमा ४ जिपिए ल्याउने सन्धिखर्क  बिभिन्न आधारभुत बिधालयका  बिधार्थीहरुलाई नगद सहित सम्मान तथा पुरस्कृत गरेको छ ।
 कार्यक्रम नगरपालिका उपप्रमुुुुख ठाकुर कुमार बिकको अध्यक्षता नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
 शिक्षालाई प्राबिधिक गुणस्तरिय सर्वसुलभ र सवैको पहुचमा बनाउन सन्धिखर्क नगरपालिका लागी परेका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । पमुख भुसालले भने,‘हामी  शिक्षालाई सवैको पहुचमा पुराउन दलित जेहन्दार दलित बिधार्थीलाई बिशेष कार्यक्रम संचालन गर्ने, बालबालिकाको उचित पठन पाठन तथा सिंगो नगरको बिकासमा आफुहरु प्रतिबद्ध भएको बताए’ ।
शिक्षा क्षेत्रको सर्वागिण बिकासको लागी आफुहरु योजनाबद्ध तरिकाले लागी परेको नगर उपप्रमुख ठाकुर कुमार बिकले बताए । उपप्रमुख  बिकले,‘हामीहरुले नगरको बिकास र समृद्धिको खाका बनाई अगाडी वढेका छौ जनताको माग र आवश्यकताको आधारमा बिकास निमार्णका कार्यहरु अगाडी वढाएका छौ, बाल शोषणको अन्त्य गरि समतामुलक समाज निमार्णको अभियानमै छौ,।
नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत मञ्जु खनालले कोभिडको महामारीले शिक्षा क्षेत्र निकै प्रभाबित भएको भन्दै राज्यले बिशेष योजनाका साथ  काम गर्नु पर्ने बताईन,।
कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु खनाल, पत्रकार महासंघ जिल्ला शाखा सह सचिब हृदय कुमार भुसाल, सम्मानित बिधार्थी भिषण गैरे,शिक्षक बिजुला रायमाझी,लगाएतले बिधार्थीहरुलाई बधाई ज्ञापन गर्दै बाल दिबशको शुभकामना व्यक्त गरेको थिए । 
 कार्यक्रममा बिधार्थीहरु भिषण गैरे,कमल जिएम सबिन बेल्वासे,अनिसा श्रेष्ठ,हरु नगर खादा तथा प्रसंसापत्र सहित सम्मानि भएका छन्र । नगरपालिका आज नै बिधिन्न बिधालयहरुमा शैशिक सामाग्री हस्तान्तरण गर्न लागेको महिला बिकास शाखा प्रमुख बेलकुमार परियारले बताईन् ।
कार्यक्रम नगरउपप्रमुख ठाकुर बिकको अध्यक्षता, नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आथित्यता,महिला बालबालिका शाखा प्रमुख बेलकुमारी परियारको संचालन नगरकार्यपालिका सदस्य पद्मा भुसालको स्वागत मनतब्य सम्पन्न भएको छ ।

अन्य समाचारहरु