अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कका नेपाली कांग्रेस नेता कासीराम बस्यालले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने भएका छन् ।
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा बस्यालले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने भएका हुन् ।
जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापतिहरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारी अधिकाम्स युवाहरुले महाधिबेसन प्रतिनिधिमा दाबी गर्दै प्रचार प्रसारमा हिडिरहेका बेला काङ्ग्रेसका निकै अनुभबी लामो समय पार्टीको काममा खटिएका नेता बस्यालले जिल्ला सदस्य पदमा उमेदवारी दिने तैयारी गरेको बताउनु भयो ।
बस्याल भन्छन्; अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिलेको माग युवाको छ म उम्मेद्बारी दिन्छु ब्याक नहुने बस्यालको दाबी छ ।
काङ्ग्रेसमा जिल्ला सदस्यमा १० जना खुल्ला सदस्य र हरेक पालिकाबाट १ पुरुष १ महिला र नगरपालिकामा २ पुरुष १ महिला जिल्ला सदस्यमा अाउने प्राबधान छ ,भने महाधिवेशनमा कलस्टर सहित दुई क्षेत्रबाट जम्मा २५ जना महाधिबेसन हुन्छन तर यहाँ ६० भन्दा बढि नेताहरु केन्द्रीय चुनाबमा भाग लिन जाने गरि महाधिवेशन प्रतिनिधि माग गर्दै चुनाबी दौडधुपमा छन् ।
जिल्ला सदस्य र पदाधिकारीको उमेदवारि घोषणा गर्नेको सङख्या भने कम छ । यसपालीको निर्वाचनमा आफुले जिते नया योजना लिएर पार्टीको काममा खटिने कासिराम बस्यालको भनाइ छ । कासिराम बिगत लामो समयदेखि काङ्ग्रेसको राजनीति गर्दै आएका ब्यक्ति हुन् ।