ç
हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले राप्रपा अर्घाखाँचीको जिल्ला अध्यक्षमा दिपक कुँवरलाई सर्वसम्मत चयन गरेको हो ।
राष्ट्रियता प्रजातन्त्र उदारवादमा आधारित संवर्धनवाद सहितको हिन्दुराष्ट्र राजसंस्था र प्रजातन्त्र ल्याऔं भन्ने मुलनाराका साथ जिल्ला अधिवेशन सम्पन्न गरेको थियो ।
अधिवेशनले प्रदेश सभा क्षेत्र नम्बर (क) सम्सुदिन मिया, क्षेत्र नम्बर (ख) सुमन्त बेल्बासे सन्धिखर्क नगरपालिका सुदन साह , सितङ्गगा नगरपालिका देविराम गैरे, भुमिकास्थान नगरपालिका भोजराज दमासे ,छत्रदेव गाउँपालिका विन्द्रा बहादुर थापा, पाणिनी गाउँपालिका ताराप्रसाद भट्टराई र मालारानी गाउँपालिका वालान्द भुसाल लाई चयन गरेको थियो ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि सुरु हुने राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिए ।