अर्घाखाँचीमा नागरिक समाज नेपालले एमसीसीको बिषयमा ध्यानाकर्षण गर्दै सिडियोलाई ज्ञापनपत्र बुझायो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नागरिक समाज नेपालले मिलियन च्यालेन्ज कर्पोरेशन (एम. सी. सी.) को बिषयमा ध्यानाकर्षण गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । 
नागरिक समाज नेपालले शुक्रबार एमसीसीको बिषयमा ध्यानाकर्षण गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ । 
ज्ञापन पत्र नागरिक समाज नेपाल अर्घाखाँचीका अध्यक्ष नन्द लाल पोख्रेललगयतको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगी पौडेललाई बुझाएको थियो ।