श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पहिलो पटक नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिले सन्धिखर्क नगरपालिकामा नगरपालिका स्तरीय स्थानीय कार्य समितिको गठन गरेको छ ।
शुक्रबार सन्धिखर्कमा सम्पन्न युनियनको भेलाले अधिकृत छैठौ तहका थान बहादुर महत्रा क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा हरीबहादुर बोहारा, बेल कुमारी परीयार, सचिवमा धर्मराज भुसाल र कोषाध्यक्षमा प्रकाश परियार चयन हुनुभएको छ ।
यस्तै समितिको सदस्यहरुमा सञ्जु केसी, गगन आचार्य, सीता बिसी, सरिता घिमिरे, चन्द्रमणि आचार्य, दिपक आचार्य, यमुना पन्थी र युवराज खनाल रहनु भएको छ । भेलाले सन्धिखर्क नगरपालिकामा कार्यरत अधिकृत सातौं मञ्जु खनाल, अधिकृत छैठौ राजेन्द्र भट्टराई र सहायक स्तर पाँचौ मुक्तिराम खनाल रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओशनले सन्धिखर्क नगरपालिकामा स्थानीय कार्य समिति गठनमा विशेष भूमिका निर्वाहगर्ने युनियनका उपाध्यक्ष माधव अर्याल सहित सन्धिखर्क नगरपालिकामा कार्यरत युनियनकर्मीहरु लगायत सम्पूर्ण पदाधिकारीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
युुनियन जिल्ला कार्य समितिका सचिव रवि अर्यालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष झविन्द्र खनाल,उपाध्यक्ष माधव अर्याल, केन्द्रीय सभासदस्य रुकेन्द्र पालुङ्गे,सल्लाहकार मन्जु खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको आधिकारिक ट्रेड युनियनका जिल्ला कोषाध्यक्ष कृष्ण बर्माले जानकारी दिनुभएको छ । युनियनले छिट्टै अन्य ५ स्थानीय तहहरुमा पनि कार्य समिति गठन गर्ने जनाएको छ ।