पाणिनी गाउँपालिका कोरोना मुक्त


अर्घाखाँचीडट्कम संवाददाता 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका कोरोना मुक्त भएको छ ।  यस नगरपालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ । 
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस  पाणिनी गाउँपालिकामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३७२ जना रहेको छ । 
यस्तै यस पालिकामा गत वर्षदेखि आजसम्म  ३६३ जनाले कोरोना जितेका छन् । भने ९ जनाको निधन भएको छ । 
अड्गुरीको झन्द्रेकमा

जिल्लाको कोरोना विवरण यस्तो छ: 

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७ जना, भूमिकास्थान नगरपालिकामा ११  जना,  शितगंगा नगरपालिकामा ५ जना,  मालारानी गाउँपालिकामा १८, पाणिनी गाउँपालिकामा ०   र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१९८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८४०   जना, भूमिकास्थान नगरपालिकामा ७३१ जना,     शितगंगा नगरपालिकामा ४३३, जना,       मालारानी गाउँपालिकामा ५३२  जना,  पाणिनी गाउँपालिकामा ३७२  जना  र छत्रदेव गाउँपालिकामा २९० जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४०५४ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७८६ जना, भूमिकास्थान नगरपालिकामा ७०५ जना,  शितगंगा नगरपालिकामा ४१५ जना,   मालारानी गाउँपालिकामा ५०० जना,    पाणिनी गाउँपालिकामा ३६३ जना   र छत्रदेव गाउँपालिकामा २८५   जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

शुक्रबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु