सन्धिखर्कमा आठौं परिवार नियोजन दिवस एक अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो सहित)


सिद्धार्थ के.सी. | अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्वास्थ शाखाको आयोजनामा आठौं परिवार नियोजन दिवस एक  अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न गरिएको छ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा नगर भित्रका स्वास्थ केन्दका कार्यरत स्वास्थ कर्मी हरुको उपस्थित रहेको थियो ।
कोबिड १९ को महामारी परिवार नियोजन सेवामा सबैको पहुँच बराबरी भन्ने मुल नारा का साथ दिवस मनाइएको थियोे ।
अन्तरक्रिया कार्यक्रममा  नगर स्वास्थ शाखाका प्रमुख पुर्ण पराजुलीले नगरभित्र नियमित परिबार नियोजन सेवा प्रदान गर्ने ,स्याटेलाइट क्लिनिक संचालन गर्ने ,आकस्मिक गर्भ निरोधक चक्की सेवा बिस्तार गर्ने ,सार्बजनिक – निजि साझेदारी अन्तरगत निजि तथा गैर सरकारी संस्था बाट पनि सेवा बिस्तार गरिने , परिवार नियोजन सेवाका लागी आबस्यक सामाग्री खरिद गरिने स्थाइ बन्ध्याकरण सेवा लाई प्राथमिकता मा राख्ने, निजि क्षेत्र  बाट परिबार नियोजन सेवा प्रदान गरिएको तथ्यांक संकलन गरिने जस्ता महत्त्वपूर्ण सेवा हरुलाइ अझ थप प्रभाबकारी बनाइने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकाको स्वास्थ शाखाले  महामारी लगायत का जुनै पनि स्वास्थ सग सम्बन्धि बिषयमा पुर्याएको सेवा प्रती  सन्धिखर्क नगरपालिका सन्तुस्ट रहेको भन्दै आठौं परिवार नियोजन दिबसको शुभकामना दिनु भएको थियो ।
परिवार नियोजनमा   उत्कृष्ट सेवा पुर्याएको भन्दै दिवसको अबसर पारी डिभर्ना स्वास्थ केन्द्र लाई संमान गरिएको थियो कार्यक्रम लाई मेरि सपोट सेन्टर र युएनएफपीएले सहकार्य गरेका थिए   ।
कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनालको अध्यक्षता स्वास्थकर्मी अनिता भुसाल को स्वागत मन्तव्य र स्वास्थ शाखा प्रमुख पुर्ण पराजुलीको संचालन मा सम्पन्न भएको थियोे ।

अन्य समाचारहरु