अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वको नयाँ पार्टी एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रम सन्धिखर्कमा शनिबार सम्पन्न भएको हो ।
कमिटी रुपान्तरण भेलाले राम बहादुर चौहानको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको २०१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । यस्तै भेलाले विभिन्न मोर्चाको संयोजक तथा अध्यक्षको पनि जिम्मेवारी बाड्फाड गरेको छ । जसमा पार्टीले युबा संघको अध्यक्षमा पुष्कर पौडेल, पिपुल्स भोलेन्ट्यरको संयोजकमा मनोज सापकोटा, किसान महासंघको इन्चार्जमा युबराज पौडेल, महिला संयोजकमा सुमित्रा मुखिया, विद्यार्थी इन्चार्जमा हृदय भुसाल, विद्यार्थी अध्यक्षमा सागर परिवार, शिक्षक इन्चार्जमा दिनामनी बेल्बासे, स्थानीय निकाय संयोजकमा लक्ष्मी गौतम, समाजबादी प्रेस सङ्ठनको संयोजकमा अशोक चौहान, बुद्धिजिबि संयोजकमा बिष्णुहरि भुसाल, जनसास्कृतिक संघमा सहयोगी बिसी, दलित समाजको संयोजकमा राम कुमार बिक लगायतलाई जिम्मेवारी तोकिएको छ ।
साथै पार्टीले कार्तिक मसन्ता भित्र क्षेत्रीय कमिटी, पालिका कमिटी, वार्ड कमिटी तथा टोल कमिटीहरु निर्माण गर्ने गरी कार्तिक १५ गते भित्र साङाठनिक सदस्यता बितरण गर्ने बताएको छ।
कार्यक्रममा पार्टीका केन्द्रिय पोलिट्ब्युरो सदस्य तथा जबस मोर्चा संयोजक डा. बिजय पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङ, केन्द्रिय सदस्य यमुना भुसाल, केन्द्रिय विशेष कमिटी कार्यालय सदस्य मोहन गौतम, प्रदेश कमिटी सदस्यहरु पिताम्बर भुसाल, पिताम्बर सारु, सुनिता बेल्बासे जिल्ला नेताहरु कुलदिप भुसाल, सिद्धि प्रसाद भुसाल, लक्ष्मी गौतम, गुल्मी जिल्ला इन्चार्ज गणेश खनाल, युबा संघका केन्द्रिय सचीव सुशील भट्टराई, अनेरास्ववियुका केन्द्रिय स्थायी कमिटी सदस्य नारायण शर्मा लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी डा. बिजय पौडेल, केन्द्रिय सदस्य राजु गुरुङ, यमुना भुसाल , प्रदेश सदस्यहरु पिताम्बर भुसाल, पिताम्बर सारु, जिल्ला नेता कुलदिप भुसाल, युबा तथा विद्यार्थीका केन्द्रिय नेताहरु सुशील भट्टराई नारायण शर्मा लगायतका बक्ताहरुले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।
पार्टीका जिल्ला अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता जिल्ला सदस्य बिष्णुहरि भुसालको स्वागत मन्तव्य र हृदय भुसालको संचालमा सम्पन्न भएको थियो ।
यस्तै आज बिहान पार्टी कार्यालयको एक समारोह बिच एकीकृत समाजबादीका केन्द्रिय पोलिट्ब्युरो सदस्य डा. बिजय पौडेलले उद्घाटन गरेका थिए । पार्टी कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले कम्युनिष्टको नाममा एमाले नामको पाटी र सुर्य चिन्ह कलंक भएपछि एमालेबाट विद्रोह गरेको बताए । क्रान्तिकारी सबै एक ठाउँ भएर असली कम्युनिष्ट पाटी निर्माण गर्न विद्रोह गरेर अगाडी बढेको बताए । चौहानले अहिलेसम्म जिल्लामा भूमिगत रुपमा संगठन गरेको र विद्रोहको पक्षमा जनलहर बढ्दो रहेको उनले दावी गरे । समाजवादी पाटीको संगठन जिल्लामा पहिलो हुने दावी गरे ।
कार्यक्रममा नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो । करिब १ हजार जना नेता कार्यकर्ताको उपस्थितिमा कार्यलय उद्घाटन गरिएको थियो ।
उता एमालेले गत भाद्र २९ गते मंगलवार ७ सय भन्दा कम कार्यकर्ताहरु जम्मा गरेर भेला सम्पन्न गरेको थियो । एकीकृत समाजवादीले आज गरेको कार्यक्रममा पनि एमाले बराबरी कार्यकर्ताहरु उपस्थिती रहेको देखिन्छ । कार्यालय उद्घाटन तथा कमिटी रुपान्तरण जस्तो सामान्य कार्यक्रममा यति धेरै उपस्थिती हुनु भनेको अर्घाखाँचीमा एमाले फुटको ठुलो असर परेको देखिन्छ ।