ठाडामा इलाका प्रहरी कार्यालयलाई शितगंगा सेवा समाजद्धारा स्टेचर तथा मास्क सेनिटाइजर हस्तान्तरण


युवराज पौडेल | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको ठाडामा शितगंगा सेवा समाजले इलाका प्रहरी कार्यालयलाई स्टेचर तथा माक्स सेनिटाइजर हस्तान्तरण गरेको छ । 
समाजले इलाका प्रहरी कार्यालय ठाडालाई  संस्थाका महासचिव सुन्दर आचार्य, सचिव लक्ष्मण भट्टराई, उपाध्यक्ष शेषकान्त अधिकारी, सदस्यहरु मान बहादुर सिंजापती, हुम बहादुर बिश्वकर्मा, महेश आचार्य, बिमला उपाध्याय, रामप्रसाद बेलबासे, बिष्णु न्यौपाने,  सलाहकार झनक केसीको उपस्थितीमा स्ट्रेचर, मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।  
समाजका प्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय ठाडाका कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासे लगायत सुरक्षाकर्मीहरुका बिच हस्तानान्तरण गरिएका थिए । 
सडकमा कार्य सम्पादन गर्दा चाहिने मास्क १,००० (एक हजार ) पिस, सवारी दुर्घटना हुँदा, आपतबिपत, बाढिपहिरो जस्ता विपदमा च्यादर र त्रिपालमा घाइते तथा मृतकहरुलाई बोकेर भिरपाखामा कष्ट काट्दै गरेको धेरै पटक देखिरहेकाले सहजताको लागि स्ट्रेचर र भाइरसबाट सुरक्षा प्रदान गर्न ह्याण्ड सेनिटाइजर ५ लिटर हस्तानान्तरण गरिएको छ ।
यसैगरी पितृशोकमा पर्नु भएका संस्थाका आर्थिक सल्लाहकार अर्जुन भुसाल र केन्द्रिय सदस्य रमेश भुसालको घरमा पुगी समवेदना पत्र प्रदान गर्दै  सोकाकुल परिवार प्रती पशुपतिनाथले  धर्यधारण गर्ने शक्ति  प्रधान गरून्  भनी कामना गरिएको थियो । 
“सुशासन समृद्धि र ऐक्यबद्धता ,समाज सुधार हाम्रो प्रतिबद्धता” मुल नाराका साथ  विभिन्न देश बिदेशमा छरिएर रहेका शितगंगाका युबा युबतीहरुलाई एकै ठाउँमा बनाएर विभिन्न सामाजिक हितका लागि कार्य गर्ने प्रतिबद्धताका साथ  २०७४मा स्थापना  भएको  सितगगा सेवा समाजले शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरिसकेको छ ।
यस्तै बिगत विभिन्न मुटु रोगी क्यान्सर लगाएत आपत बिपत परेका बिपन्न बर्गका  तथा सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ ।

अन्य समाचारहरु