अर्घाखाँचीडट्कम संवाददाता
अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर -७ अडगुरीमा नेकपा (एमाले) को वार्ड स्तरीय बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ ।
अडगुरीमा आईतबार नेकपा (एमाले) को वार्ड स्तरीय बृहत् कार्यकर्ता भेला सम्पन्न भएको हो ।
वार्ड कमिटी अध्यक्ष जनार्दन न्यौपानेको अध्यक्षता, सचीव माधब बेल्बासेको संचालनमा भएको भेलामा नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटी सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य माननीय रामजी प्रसाद घिमिरे,प्रदेश संगठन कमिटी सदस्य कुटमदिन अलि,नेकपा एमाले जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरे,पाणिनी गाउपालिका कमिटी सचीव गुनाखर अधिकारी,सदस्यहरु मिनबहादुर थापा,कृष्ण प्रसाद पोख्रेल,रामबहादुर कार्की,भवानी शंकर अधिकारी लगायतका पार्टी नेताहरुको आतिथ्यता छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले प्रचण्ड र माधब नेपाल कम्युनिस्ट आन्दोलनका गद्दार भएको बताउनु भएको छ ।उहाले प्रचण्ड र माधब नेपाल जस्ता पार्टीका दोस्रो र तेस्रो बरियताका कमान्डरहरुले आफ्नो हतियारलाई पहिलो बरियताको कमान्डर विरुद्ध प्रयोग गरेर कम्युनिस्ट आन्दोलनमा ठूलो गद्दारी गरेको आरोप लगाउनु भएको छ ।
यसैगरी कार्यक्रमका विशेष अतिथि प्रदेश कमिटी सदस्य कुटमदिन अलिले पार्टीको आन्तरिक जीवन बलियो बनाउन पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनु पर्ने,सबैको सुझावलाई हार्दिकताका साथ ग्रहण गर्नु पर्ने र जनप्रतिनिधिहरुले स्थानीय पार्टी र जनताको भावना अनुसार काम गर्नुपर्ने बिचार व्यक्त गर्नु भएको बताइएको छ ।
कार्यक्रमका विशेष बक्ताको रुपमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेकपा (एमाले)जिल्ला कमिटी अर्घाखाँचीका उपसचिव यूवा नेता प्रेमनारायण गैरेले पार्टी छोडेर आन्दोलनलाई अगाडि बढाउन सकिँदैन भन्दै पार्टीमा देखिने गलत प्रवृत्तिको बिरुद्ध पार्टी भित्र बसेर अन्तर संघर्ष चलाउनु पर्ने बिचार व्यक्त गर्नु भयो । उहाले बहस र छलफलले मात्र पार्टीलाई बलियो बनाउन सकिन्छ, टुटफूट र बिभाजनले आन्दोलनलाई झन कमजोर बनाउने बताउनु भयो ।
उहाले अगाडि भन्नुभयो पार्टी भित्र कुनै बहस, छ्लफल र तर्क बितर्क नै गर्न पाइदैन भन्नू र अन्तर संघर्षको बाटोबाट भागेर पार्टी बाट नै अलग्गिनु दुबै सोच र व्यबहार पार्टीको लागि घातक र लेनिनवादी संगठनात्मक पद्धति बिपरितका कुरा हुन ।
आफ्नो तर्फबाट आफूले कार्यदलमा पठाएका आफ्नै टिमका सदस्यहरुले गरेको सहमतिको प्रस्तावलाई लत्याएर माधब नेपाल कमरेडले नया पार्टी खोलेर गम्भीर गल्ती गरेकोले आफूहरुले बिभाजनलाइ साथ नदिएको स्पस्ट पार्नु भयो ।
पार्टी कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको बृहत् कार्यकर्ता भेलामा एमाले पाणिनी गाउपालिका कमिटी सचीव एवं ७ नम्बर वडा अध्यक्ष गुनाखर अधिकारी,गाउँ पालिका कमिटी सदस्यहरु मिनबहादुर थापा,कृष्ण प्रसाद पोख्रेल,कौशिला पोख्रेल लगायतका नेताहरूले समेत मन्तव्य व्यक्त गर्नु भएको भेलाको अध्यक्षता वडा कमिटी अध्यक्ष जनार्दन न्यौपानेले गर्नु भएको थियो भने वडा कमिटी सचीव माधब बेल्बासेले सन्चालन गर्नु भएको थियो । भेलाले अनेम संघ,अनेकी महासङ्घ,मुक्ति समाज,युवा संघ नेपाल,आदिवासी जनजाति संगठनहरुको वडा स्तरीय कमिटीहरुपनी गठन गरेको छ ।