अर्घाखाँची डट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा अर्घाखाँची जिल्ला सचिव पदको लागि रुपमा युवा नेता तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले उम्मेदवारी दिने भएका छन् ।
जिल्लाका स्पष्ट सोच भएका बौद्धिक एंव युवा नेता गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेस पाणिनी गाउँपालिकाका अध्यक्ष पनि हुन् ।
नेपाली कांग्रेसलाई नयाँ दिशा दिन सक्ने आफुमा ताकत भएको र अर्घाखाँचीको कांग्रेसलाई नमुना काङ्ग्रेस बनाउने नयाँ सोच र जिम्मेवारी आफू समक्ष आएको भएता पनि सबैलाई समेटर काङ्ग्रेसलाई एक ढिक्का बनाउन पर्ने परिस्थिति सिजर्ना भएकोले आफू यसपाली सचिव पदमा उम्मेदवारी दिने सोच बनाएको उनले बताए ।
पार्टी संगठनको लागि त्याग गर्न सक्ने स्वच्छ छवि भएका नेताको रुपमा परिचित गौतम पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पारदर्शी र धेरै विकासका गतिविधि संचालन गर्ने पालिकाको रुपमा चिनाउन सफल भएका छन् ।
नमुना काङ्ग्रेसको स्थापनाको लागि स्पष्ट सोच भएको युवा नेतृत्वलाई चुन्नका लागि सम्पुर्ण परिवर्तनशिल काङ्ग्रेस कार्यकर्ताहरु समक्ष आफुलाई सचिव पदमा भोट दिई बिजय बनाउन पनि आग्रह गरेका छन् ।