अर्घामा पर्ने पर्यटकीय स्थल घोर्लासी प्रचार-प्रसार हुन नसक्दा ओझेलमा


हरि कुँवर
अर्घा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अर्घामा पर्ने पर्यटकीय स्थल घोर्लासी प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।
अर्घाखाँचीका प्रशस्त सम्भावना भएका पर्यटकीय स्थलहरु प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेका हुन । जस मध्य घोर्लासी व्युटावर पनि एक हो । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घा रानीबनको सिरमा अवस्थित अर्घा को मसुरपाटा घर्तीखोर हुँदै जान सकिन्छ भने यता मालारानीको बाँगी प्युडाडा हुँदै जान सकिन्छ । घोर्लासी पुगेपछि धौलागिरी हिमाल  , घेरालेख जालकाडाडा लगाएतका  मनोरञ्जनात्मक दृश्य देख्न सकिन्छ । घोर्लासी पर्यटकीय स्थल तथा धार्मिक आस्थाको केन्द्र भनेर पनि चिनिन्छ । 
यस्ता ऐतिहासिक, धार्मिक तथा विभिन्न सांस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक सौन्दर्य सम्पन्न जिल्लाका स्थलहरू संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन ।

अन्य समाचारहरु