अर्घाखाँचीका युवा नेता तथा मालारानी- ३ का वार्ड अध्यक्ष शोभाखर खनालले जिल्ला सहसचिवमा उम्मेद्बारी दिदै


केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा अर्घाखाँचीमा काङ्ग्रेसको नेतृत्व गर्ने इच्छुकहरुको भिडमा युवानेता तथा मालारानी गाउपालिका वार्ड नम्बर ३ का वार्ड  अध्यक्ष शोभाखर खनालले काङ्ग्रेसको जिल्ला सह सचिबमा उम्मेद्बारी दिने भएका छन ।
अघिल्ला दिनमा प्रदेश क को क्षेत्रीय सभापतिमा उम्मेद्बारी दिने चर्चा चलेता पनि सबै साथिहरु तथा कार्यकर्ताहरुको इच्छा र सल्लाहअनुसार  जिल्लातहमा जाने निर्णय गरेको खनालले अर्घाखाँचीडट्कमलाई बताए ।
युवानेता खनाल हाल मालारानी गाउपालिकाको एकमात्र काङ्ग्रेस जनप्रतिनिधिको रुपमा वार्ड न ३ को वार्ड अध्यक्ष समालिरहेका छन् ।
भ्रष्टाचारमा शून्य सहनशिलता र पारदर्शी स्वाभाव भएका खनाल पार्टिका हरेक क्रियाकलापमा  सक्रियता पुर्वक खटिने गरेको काङ्ग्रेस समर्थित  युवाहरु बताउछन् ।
अर्घाखाँची काङ्रेसलाइ थप पारदर्शी बनाउदै सुदृढ र मजबुत पार्न आफू कटिबद्द भएर लागिपर्ने बताउदै उनले सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरुमा आफुलाइ जिताउन अपिल गरेका छन् ।