सन्धिखर्क नगरपालिकाको उप-सभापति पदमा उम्मेदवारी दिने कांग्रेस युवा नेता निरेन्द्र रायमाझीको घोषणा


बसन्त खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लामा सक्रिय राजनीति गर्दै आएका नेपाली काङ्ग्रेस अर्घाखाँचीका युवा नेता निरेन्द्र रायमाझीले आसन्न १४ औं महाधिवेशनमा सन्धिखर्क नगरपालिका उप-सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 
 2062/63 सालमा भगवती मा बी शंखेटारी बाट नेबिसंघको संस्थापक अध्यक्ष बनि राजनितिक यात्रा सुरु गरेका निरेन्द्र, नेबिसंघको नेतृत्व  गरि जुन दन्द्दकालको बेला नेबिसंघको संघठन बिस्तार कार्य नि गरेका थिए,पछि उनी  65 देखि 73 सम्म नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती सदस्य पनि थिए र उनी पाणिनी बहुमुखी क्याम्पसका पुर्ब उप-सभापति पनि हुन।उनी ने बि संघको 11 औ महाधिवेशनको केन्द्रिय सदस्यका उम्मेदवार पनि थिए।
निष्पक्ष र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै स्वच्छ प्रतिस्पर्धामा आधारित विवेकपूर्ण मतको प्रयोग गरी सवल नेतृत्वकाे चयन गर्न युवा-नेता निरेन्द्र रायमाझी  लाई नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला सन्धिखर्क नगर उप-सभापतिमा भारी मतले विजयी बनाउन क्षेत्रीय प्रतिनिधिलाई आग्रह गरेका छन् ।  

अन्य समाचारहरु