अर्घाखाँचीमा आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमाेदनकाे माग गर्दै प्रदर्शन


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आणविक अस्त्र रहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमाेदनकाे माग गर्दै प्रदर्शन भएको छ । 
सन्धिखर्कमा मंगलवार मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको आयोजनामा आणविक अस्त्र रहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमाेदनकाे माग गर्दै प्रदर्शन भएको हो । 
आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन ।’ भन्ने  नारासहित विश्वका आणविक होडमा रहेका देशहरुलाई दबाब दिने प्रदर्शन भएको छ । 
अधिकारकर्मीहरुले युद्ध रोकौ, शान्ति प्रवद्घन गरौँ, युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,युद्ध निषेध, शान्ति विशेष, आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईदैन लगायतका प्ले कार्ड सहित सडकमा प्रदर्शन गरेका थिए ।