अर्घाखाँचीमा दुधको मूल्य बढ्यो | अब भैसीको प्रतिलिटर रु.९०, गाईको ८० रुपैयाँ


सागर महत 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दुधको मूल्य बढेको छ ।
जिल्लामा गाई र भैसी दुवैको दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको हो । 
यो सँगै भैसीको दूध प्रतिलिटर ९० रुपैयाँ र गाईको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समृहका अध्यक्ष रामचन्द्र भुसालले जानकारी दिनुभयो ।सरोकारवालासँगको समन्वय र किसानको जिल्ला भेलाको निर्णय बमोजिममा मंगलबारबाट लागु हुने गरि मूल्य बढाएको हो ।
यस अघि अर्घाखाँचीमा भैसीको दूध प्रतिलिटरमा ८० रुपैयाँ र गाईको दुध प्रतिलिटर ७० रुपैयाँमा बिक्रि हुँदै आएको थियो ।