सन्धिखर्कमा यौन तथा प्रजनन स्वास्थ, अधिकार सम्बन्धी दुई दिने आधारभूत तालिम सम्पन्न


सगर परियार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सामाजिक सेवा दिवसको अवसरमा पुरुष तथा किशोर सहयोगीहरुको लागि लैङ्गिक समानता, यौन तथा प्रजनन स्वास्थ, अधिकार सम्बन्धी दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
विगत केही समय देखि यौन तथा प्रजनन स्वास्थ अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था आइ पास नेपालले अर्घाखाँचीका विभिन्न पालिकाहरुमा रहेका महिला दिदीबहिनीहरुका लागि आइ पास नेपाल द्वारा तालिम प्राप्त नेचुरल लिडरहरुले यौन तथा प्रजनन स्वास्थ अधिकारको विषयमा चेतना दिनुका साथै विभिन्न लैङ्गिक हिंसा विरुद्धको सवालमा ओकालत गर्दै आइरहेको छ ।
असोज ४ गते (सोमबार) देखि सुरु भएको तालिममा स्वास्थ कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापा, आइ पास नेपालका सिखा बस्नेत, जिल्ला स्वास्थ कार्यालयका स्वास्थ कर्मी गिता भुसाल र आइ पास नेपाल कै अर्घाखाँची, पाल्पा कलस्टर संयोजक राम कुमार साह लगायतले प्रशिक्षण दिनुभएको हो ।
तालिम आइ पास नेपालको सहयोग, स्वास्थ कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको थियोे ।