अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
सन्धिखर्कमा मंगलवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शसस्त्र प्रहरी बल ३६ न. का गुल्मपती रामकृष्ण महर्जन ,अनुसन्धान प्रमुख बिनय चर्तुबेदी ,सन्धिखर्क नगरपालिका वार्ड न.१ का वार्ड अध्यक्ष युबराज बन्जाडे वडा न. २ का वार्ड अध्यक्ष मोतिजङ रायमाझी उधोग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष राम बहादुर चौहान जिल्ला रेड्क्रसका सभापति कुशल भुसाल जिल्ला स्थित चेम्बरअफ कमर्श यातायात ब्याबसायी विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यलयले गरेका कामको सम्पादन प्रस्तुतीकरण गर्नु भएको थियो उहाँले जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले डिसिसिएमसि को बैठकले गरेका निर्णय हरु कार्यन्यन गरेको ,प्रत्येक पालिका मा गुनासो पेटिका राखिएको ,जिल्लामा ३०५ जना जनशक्ति रहेको मा ७५% लाई दैनिक जनसेवामा परिचालन गरिएको ,जुवातास तथा सामाजिक बिचलन ल्याउने लाई कार्बाही तथा अनुसन्धानमा राखिएको ,४ ठाउँमा नियमित चेकपन्ट राख्नुका साथै अहिले जिल्लाको ३५ वटा स्थानमा चिकिङ गरिरहेको , चोरी तथा सामाजिक खलबल मच्चाउन खोज्ने हरु लाई कानुनी दायरा ल्याइएको यस्को निम्ति २४ सै घन्टा प्रहरी परिचालन गरिएको बिपत्ति जन्य घटना मा प्रहरीले फन्ड लाइनमा काम गरेको कोबिड -१९ लगायत का महामारीको बेलामा प्रहरी अग्रदस्तामा खटिएको , अबैध घरेलु मदिरा उत्पादन मा रोक लगाइएको ,लागु औंषध तथा दुर्बसनी सम्बन्धमा कठोर निर्णय गरिएको ,अनुशीक्षण तालिम संचालन गरिएको ,आत्महत्या तथा बालबिबाह मा कमि ल्याइएको प्रहरीले जहिले पनि मुस्कान सहितको सेवा प्रदान गरिएको उल्लेख गर्नु भएको थियो ।