अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न भागमा नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी प्रहरीले टोल – टोल गस्ती अभियान शुरु गरेको छ ।
जिल्लाको सन्धिखर्क लगायत विभिन्न भागमा नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी प्रहरीले टोल – टोल गस्ती अभियान शुरु गरेको हो ।
प्रहरीले नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी हुन सक्ने चोरीडकैती अपराधिक घटनालाई न्यूनीकरण गर्ने उदेश्यले दैनिक रुपमा गस्ती अभियानलाई जारी राख्ने बताएको छ ।
यस्तै आज शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रूपमा पाणिनी क्याम्पसदेखि म्यालपोखरी, छापडाँडा, अस्थाई प्रहरी पोस्ट बाहुनडाँडा सम्मको वार्ड एरियामा लङ रुट गस्ती अभियान सम्पन्न गरेको थियो ।
चाडपर्वको बेलामा अर्घाखाँचीमा चोरीडकैती अपराधिक घटना बढी हुने गरेको देखिन्छ ।