सितापुरको श्री शान्ति आधारभुत बिद्यालय फलाचौरका विधार्थीहरुलाई सडकमा नै प्रहरीको प्रशिक्षण


अर्घाखाँचीडट्कम संवाददाता 
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको फलाचौर स्थित श्री शान्ति आधारभुत बिद्यालयका विधार्थीहरुलाई प्रहरीले सडकमा नै ट्राफिक सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिएको छ । 
सितापुरको फलाचौर स्थित श्री शान्ति आधारभुत बिद्यालयका छात्र छात्राहरुलाई शुक्रबार प्रहरीले सडकमा नै ट्राफिक सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिएको हो । 
अस्थायी ट्राफिक प्रहरी पोष्ट नरपानीबाट खटिएको टोलीले विधालय जादै गरेका छात्र छात्राहरुलाई सडकमा रोकेर उक्त सचेतनामुलक प्रशिक्षण दिएको थियो ।   
प्रहरीले सडकमा सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, सुरक्षाका उपाय, दुर्घटना न्यूनीकरणमा बिद्यार्थीहरुको भूमिका बारे जानकारी तथा कोरोना भाईरस (कोभिड-१९) सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिई मास्क बितरण गरेको बताएको छ । 

अन्य समाचारहरु