अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर ३ हजार काठको जिर्ण पोल बदली गरिने भएको छ ।
आर्थिक वर्ष ०७७-०७८ मा ठेक्का सम्झौता अनुसार यही वर्ष जिल्लाभर ३ हजार काठको जिर्ण पोल बदली गरिने भएको हो ।
नेपाल विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख किरण खनालका अनुसार आर्थिक वर्ष ०७७-०७८ मा थप बजेट माग गरि ठेक्का सम्झौता भई चालू आर्थिक वर्षमा सक्ने गरि काम भैरहेको छ। थप बजेट तत्कालिन उर्जा मन्त्री टोपबहादुर रायमाझीको विशेष पहलमा प्राप्त भएको थियो ।
जिल्लाका ६ वटा स्थानीय तह सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा रहेका सम्पूर्ण काठका जिर्ण पोलको सट्टामा स्टिलका पोल बादली गरिनेछ ।
गट वर्ष २०७७ पौष १३ गते सोमवार विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको प्रमुखमा आएदेखि खनालले पछिल्लो समय जिल्लाभर बिद्धुत विस्तार, सबस्टेशनहरु निर्माण, विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने लगायत दर्जनौ काम उप्डेट गरेका छन् । यस्तै अन्य जिल्लाको तुलनामा विधुत प्राधिकरण अर्घाखाँचीमा पर्याप्त जनशक्ति र सुविधा नभएको देखिन्छ ।
उता निरन्तर परेको वर्षा, हुरीको कारण तथा कुनै कारणवश मर्मत गर्नु परेमा बाहेक जिल्लाभर अर्घाखाँची केन्द्रले विद्युत् आपूर्ति नियमित गर्दै आएको छ ।
यस्तै प्राधिकरणका कर्मचारीहरु वर्षा पहिरो तथा कोरोनाको जोखिम हुँदा हुँदै पनि दिनरात खटिएका छन् । त्यो माथि प्राधिकरणले लाईन अबरुद्द हुँदा, मर्मत गर्नु परेमा आफ्नो सामाजिक सन्जाल फेसबूकबाट नियमित उप्डेट, पुर्व सुचना जारी गर्दै आएको छ ।
साथै पछिल्लो समय दिदै आएको सेवाप्रति जिल्लाबासीहरुले विधुत प्राधिकरण अर्घाखाँची केन्द्रको सराहना गरेको देखिन्छ ।