अर्घाखाँचीमा शितगंगा बाहेक देउवा पक्षका सबै उम्मेदवार पराजित


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा  नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत पाँच वटा पालिकामा देउवा पक्षका उम्मेदवार पराजित भएका छन् ।
६ स्थानीय तहमा शितगंगा नगरपालिका बाहेक पाँच वटा पालिकामा देउवा पक्षका उम्मेदवार पराजित भएका हुन् । पुष्पा भुसाल र मानबहादुर विक देउवा पक्षका हुन् ।  
जिल्लाका चार स्थानीय तहमा नेता रामचन्द्र पौडेल समूह विजयी भएका छन् । जसमा सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भूमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र मालारानी गाउँपालिकामा शोभाखर खनाल रहेका छन् । शितगंगा नगरपालिकामा देउवा समूहबाट मोहन पन्थी रहेका छन् । यस्तै पाणिनी गाउँपालिकामा विजयी तुल्सी पौडेलले आफू कुनै समूहमा नरहेको जनाएका छन् ।   
जिल्लाको पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकामा सर्वसहमत रुपमा नेतृत्व चयन भएको छ । साथै सन्धिखर्कको नगर सभापतिमा बाबुराम भुसालले १५५ मत, शितगंगा नगरपालिकामा मोहन प्रसाद पन्थीले १४३ मत र भूमिकास्थानको सभापतिमा खडानन्द बेल्वासेले १०३ मत ल्याई निर्वाचित भएका छन् ।