सागर परियार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सुरक्षित गर्भपतन अधिकारः मौलिक हक सुनिश्तिताको आधार भन्ने मुल नारा साथ सातौ सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको छ ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना र आई पास नेपाल सहयोगमा यौन तथा प्रजजन क्षेत्रमा काम गर्ने सरोकारवाला र सन्धिखर्क नगर शिक्षा शाखाको समन्वयमा तिन विद्यालयका किशोर किशारीहरुसंग यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा शाखाका प्रमुख मन्जु आचार्यले यौन तथा प्रजनन जस्तो निकै सम्बेदनशिल कुरा भएले सबै सरोकारवालाहरुले महत्वका साथ लिनु पर्नेमा जोड दिनु भयो ।
समाजले शिर्जना गरेको कुप्रथाले गर्दा अझै पनि हाम्रा समाजका किशोर किशोरीहरु हिंसाको चपेटामा परिहेको भन्दै विद्यालय स्तरमै यस्ता चेतना मुलक कार्यक्रमहरु हप्तामा या महिनामा एक चोटी राख्नु पर्नेमा जोड दिनु भयो । यौन तथा प्रजनन क्षेत्रको रुपमा काम गरि रहेको संस्था आई पास नेपालका अर्घाखाँची र पाल्पाका क्लस्टर संयोजक रामकुमार साहले आफ्नो संस्थाले गरका काम र यौन तथा प्रजनन् अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका राम प्रसाद गौतम, गिता भुसाल, समाज सेवा तथा वातावरण संस्कृति संरक्षण समुुहका कार्यकारी प्रमुख बाबुराम पौडे्ल लगायतका सरोकारवालको उपस्थीती रहेका थियो । कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख पुप्पा थापाको अध्यक्षता र रामकुमार साहको सहजिकरणमा समपन्न भएको हो ।
त्यस्तै आइ पास नेपालको कार्यक्षेत्र रहेको पाणिनी, भुमिकास्थान, सितगंगा, मालारानी लगायतका पालिकाहरु मा पनि महिला सामुदायीक अगुवा र तीनीहरुको सहयोगीको सक्रियतामा आज सुरक्षित गर्भपतन सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन्। उक्त कार्यक्रममा स्थानीय महिला दिदि बहिनीहरुलाई सहभागी सुरक्षिगर्भपतन तथा यौन प्रजनन्को विभिन्न विषयका सचेतना जगाएका थिए ।