सागर महत
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अशक्तको घरमै पुगी सहायता सामग्री प्रदान गरेको छ ।
सन्धिखर्कका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, महिला तथा बालबालिका शाखा प्रमुख बेलकुमारी परियार लगायतको टोलीले अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर साहयता सामग्री हस्तान्तरण गरेको हो ।
नगरले वृद्धवृद्धालाई सम्मान, सुत्केरी भैंसीलाई भत्ता, बादी समुदायलाई घर, गरिबलाई टिन वितरण लगायतका विभिन्न लोकप्रिय कार्यक्रम गर्दै आएको छ ।