अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १३ सिमलपानीका वार्ड अध्यक्ष दुर्गा बिसीले आफ्नी श्रीमतीलाई खुवाएको जागिर गएको छ ।
उच्च अदालत बुटवल इजालशले सिमलपानीको श्री बुद्ध आधारभुत बिद्यालय देउरालीमा नियुक्ति प्रक्रिया गलत भएको भन्दै पुनः सुचना निकाली नियानुसार गर्नु भनि आदेश दिएपछि वडाध्यक्ष बिसिकी श्रीमतिको जागिर गएको हो ।
बिद्यालयको सुचना लुकाएर श्रीमतिलाई जागिर खुवाएको बिषय संचार माध्यममा बाहिर आएको थियो । यस अगाडि शिक्षक नियुक्ति प्रक्रिया त्रुटीपुर्ण हुनुका साथै सुचना लुकाएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले समेत ठहर गरेको थियो । साथै बिसीकी श्रीमतीले उक्त विधालयमा करिव ८ महिना भन्दा बढि बिद्यालयमा अध्यापन समेत गराइएको थिइन् ।
सिमलपानीको देउराली
यस्तै बिद्यालयका प्रध्यानाध्यपक तथा बिद्यालय ब्यवस्थापन समितिसगं मिलेर सुचना लुकाएर वडाध्यक्षले श्रीमतिलाई जागिर खुवाएको भन्दै चर्को आलोचना भएको थियो ।
उता शितगंगा नगरपालिकाको शिक्षा शाखाले पुन: नियमसंगत शिक्षक नियुक्ति गरिने बताएको छ ।