खाँचीकोटमा कर्मचारीको निधन शोकमा भोली मंगलवार वार्ड कार्यालय बन्द हुने


केशब घिमिरे  
फुदवाङ, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा कर्मचारीको निधनको शोकमा भोली मंगलवार वार्ड कार्यालय बन्द हुने भएको छ । 
खाँचीकोटको वार्ड कार्यालय सहयोगी नरपानीको जगता निवासी ४९ वर्षिय कृष्ण प्रसाद भट्टराईको आईतबार निधन भएको थियो । 
भट्टराई आफ्नै घरमा बिस सेवन गरेको अवस्थामा मृत फेला परेका थिए । उनी बिगत १ बर्षदेखि खाँचीकोटको फुदवाङ स्थित वार्ड कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।
साथै यस अगाडि उनले साबिक नरपानी गाबिस र नगर पालिकामा करार कोटामा १५ बर्ष सेबा गरेका थिए । 

अन्य समाचारहरु