अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीमा नेकपा (एकीकृत समाजवादी) ले विभिन्न दल परित्याग गरेर आउने १३ जनाको भेला गराएर गाउँपालिका कमिटी गठन गरेको छ ।
एकीकृत समाजवादीले मंगलवार बाँगीमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरेर आएका १३ जनालाई भेला गराएर गाउँपालिका कमिटी गठन गरेको हो ।
एकीकृत समाजवादीमा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य पितम्बर भुसाल तथा माओवादी, कांग्रेसका क्रमश राम प्रसाद भुसाल, वसन्त भुसाल, सालिकराम भुसाल ,रामचन्द्र विक, बाबुराम बिक, नारायण बिक, पदमा बिक, कमला भुसाल, सुमित्रा भुसाल, प्रवता भुसाल, रेमकला टमाटो र तारा टमाटो लगायत प्रवेश गरेका हुन् ।
यस्तै प्रवेश गरेर आएका उनिहरुलाई राखेर नयाँ जिल्ला तथा गाउँपालिका कमिटी निर्माण गरिएको छ । जसमा पिताम्बर भुसाल नेकपा (एकिकृत समाजवादी ) जिल्ला सदस्य तथा बाँगी गाउँ कमिटी इन्चार्ज, राम प्रसाद भुसाल जिल्ला सदस्य, सालिकराम भुसाल मालारानी गाउँ पालिका कमिटी सदस्य, रामचन्द्र बिक मालारानी गाउँ पालिका कमिटी सदस्य, बाबुराम बिक मालारानी -५ वार्ड कमिटी सह सचिव रहेका छन् । यस्तै गाउँ कमिटी सदस्यहरूमा बसन्ता भुसाल, नारायण बिक, पदमा बिक, कमला भुसाल, सुमित्रा भुसाल, पार्बता भुसाल, रेमकला टाेमाटा, ताराबहादुर टाेमाटा लगायत रहेका छन् ।
उनिहरुलाई जिल्ला अध्यक्ष राम बहादुर चाैहानले पार्टी प्रबेश गरएर जिम्मेवारी दिएका थिए ।