किमडाँडामा स्व. इश्वरी भुसालको घरमै पुगेर लाइफ इन्स्योरेन्सद्धारा ९५७,९२५ रुपैयाँ विमा रकम भुक्तानी


कमला पाेख्रेल 
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा  सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घरमै पुगेर विमाकाे मृत्यु दावी रकम भुक्तानी गरेको छ । 
सन्धिखर्क ८ का वडाअध्यक्ष समेत रहनु भएका इश्वरी प्रसाद भुसालकाे मृत्यु भएपछि उहाँको घरमै पुगेर उहाँकि श्रीमती जयकला भुसाललाई ९ लाख ५७ हजार ९ सय २५ रुपैयाँ सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक मिना बस्यालले चेक हस्तान्तरण गर्नु भएको हाे । 
उहाँले ३ किस्ताकाे  विमा शुल्क रकम २ लाख ३३ हजार १ सय ९२ रुपैयाँ  मात्र कम्पनीमा  बुझाउनु भएको थियोे । अभिकर्ता तिलका भुसालले स्वर्गीय इश्वसी प्रसाद भुसालको  विमा गराउनु भएको थियोे । 
भुसालको काेभिडका कारण २०७८ साल साउन १० गते मृत्यु भएको थियोे ।

अन्य समाचारहरु