अनिल नेपाली
केरूङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सुरुवातदेखि माओबादी आन्दोलनमा लागेर देश परिबर्तनको निम्ति केही अठाई वर्षदेखि राजनितिकमा लागेर जिल्ला बासीको सहयोगको निम्ति निरन्तर खटिरहेका अर्घाखाँची जिल्लाका पाणिनी गाँउपालिका घर भएका विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता पिताम्बर पोख्रेललाई व्यसायीक मेबा खेतीको मोह बढ्दै गएको छ ।
मेबा खेतीमा मोह बढ्दै गएपछि अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नम्बर १ पणेनाका ४३ बर्षिय पिताम्बर पोख्रेल कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा न ३ मा उनी व्यबसायीक मेबा खेतीमा आकर्षित भएको उनी बताउछन् ।
सात जना मिलेर केही व्यबसायिक रुपमा खेती गरौ भनेर आफुहरुले मेवा खेती रोजेको उनी बताउछन् । सात जना मिलेर लुम्विनी बौद्ध बहुउदेश्य एग्रीकल्चर प्रालि सञ्चालन गरेका पोख्रेल पछिल्लो समय राजतिनिक छाडेर मेवा खेतीमा आकर्षित भएका हुन् । ११ कठामा मेवा रोपेरका छन् एउटै बोटमा एक क्विन्टलसम्म फल्यो भने मेवाले हामीलाईे सन्तुष्टिसँगै लोभलाग्दो आम्दानी पनि दिन्छ भन्नेमा उनी आशाबादी छन् मेवाबाट मनग्य आम्दानी लिन सकिन्छ’, उनले भने । राम्रो सम्भावना देखेपछि व्यावसायिक मेवाखेतीको अवधारणाअनुरुप अघि बढेको उनी बताउँछन् ।नेपालमा मेवाखेती हुँदैन भनेर भनिन्छ र गरे पनि सफल भएको छैन । तर, गत वर्षको लकडाउनपछि उनीहरु मेवाखेतीमा लागेको बताउछन् ‘११ बिघामा मेवा लगाएको छ तयार हुने अवस्थामा छ’, पोख्रेलले मेवाको सिजन सुरू भएकाले दसैँदेखि तिहार, छठ र हिउँदसम्म उत्पादन बजारमा पठाउन सकिने उनले बताए ।नेपालमा मेवा गर्मी सिजनमा जाडोमा दैनिक खपत हुने उनी बताउँछन् । ९९ प्रतिशत भारतबाट आउँछ । नेपालमा मेवाखेतीका लागि सिकाइएका तरिका गलत रहेको उनी बताउँछन् ।
अहिले उनको आखाले देख्न सक्ने जमिनमा जर्तिमा मेबा खेती छ भने साथसाथै फुलहरु पनि छन् भने काउली गोपी पनि तयारी गरिसकेका छन् एक बिघा लहरे खेतीबाट उत्पादन लिने बेलासम्म साढे चार लाख लगानी लाग्छ । ।पोख्रेलले अघिल्लो वर्ष लकडाउनले गर्दा चाडो मनस्थितिमा परिबर्तन ल्याउन सकेनन उनको फार्ममा झन्डै २५ जना कामदारले दैनिक काम गर्दै आएका छन् । १५ जना सिजनअनुसार काम गर्ने ज्यालादारी कामदार छन् ।
मासिक ८० प्रतिशत (झन्डै ४ लाख) तलबमा खर्च हुने गरेको पोख्रेल बताउँछन् ।अर्घाखाची, पाणिनी घर भएका पोखेल , पत्रकार हुँदै नेता र अहिले व्यावसायिक मेबा खेतीमा होमिएका हुन् । केही गरेर आम जनताको सेबा गर्न सकिन्छ भनेर उनी २०६३ सालमा बुटवलमा झरे लामो समय राजनितिमा रमाए तत्कालिन माओबादीको जिल्ला सचिबालय सदस्य र त्यसपछि विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी भए लामो समय ससदीय व्यबस्थाको विरोध गरे व्यबस्थाको विरोध गर्दा पुलिसको यातना सहे समाजबादको निम्ति लामो समय सघर्ष गरे त्यसपछि उनी राजनितिकको समाजबाद लाई चट्कै छोडेर कृषिको समाजबादमा लागे उनी अहिले कपिलबस्तुमा ११ बिगाहा जमिन भाडामा लिएर उनीहरु मेवा खेती सुरू गरेका थिए ।
माटोसँगको मेहनत र सम्बन्धलाई सरकारले सही रुपमा कदर गर्ने नसकेको उनी भन्छन् । राजनितिकमा पद तथा सम्मानले सिमित समय हौसला मिले पनि कृषिमा लाग्दा अझ बढी मेहनत गर्न हौसला मिल्ने रहेछ ।’ निरन्तर कर्म गरिरहने, सरकारी अनुदान र सहयोग आशा नगर्ने उनी बताउछन् । नेपाली किसानका लागि उनी उदाहरणीय छन् । अगुवा किसान पिताम्बरले आजसम्म सरकारी अनुदान लिएका छैनन् । उनी भन्छन्, ‘अनुदान लिने प्रक्रिया निकै झन्झटिलो छ । एक लाखको अनुदान लिन दुई महिना सरकारी कार्यालय धाउनुपर्छ । २०÷२५ हजारको त कर्मचारीलाई खाजा खुवाउनुपर्छ । भेटैपिच्छे अनुग्रहित हुनुपर्छ, ज्यू ज्यू गर्नुपर्छ जुन मेरो स्वभावले दिँदैन ।’ जागिर खाएर जीविका चलाउने काम उनलाई सानैदेखि मन पर्दैन । उनी भन्छन्, ‘अनुदान पहुँचवालाको जीवनवृत्तिको साधन बनेको छ, जथाभावी दिइने अनुदान रोक्नुपर्छ ।’
कृषि उत्पादन बढाउन वातावरण बनाउनुपर्छ, उन्नत जातको बीउ, उत्पादित सामानको सहज बजारीकरण र उचित मूल्य, सिंचाइ, आधुनिक कृषि साम्रगी, प्राविधिक जनशक्तिका लागि सरकारले लगानी गर्नुपर्छ भन्छन्, उनी । सरकारी लापर्बाहीले गर्दा किसानको बारीबाट २० रूपैयाँ किलोमा उठाएको तरकारी उपभोक्ताको भान्सामा पुग्दा १५० पर्ने हुनाले प्रक्रियामै कमजोरी रहेको उनले बताए ।बजार अनुगमन र निरीक्षणको अभावमा बिचौलियाले मोटो रकम नाफा लिन्छन्, यस्तो बेथिति नहटाएसम्म सुधार हुँदैन भन्ने उनी कृषिमा सरकारले ध्यान दिन खोजे पनि प्रभावकारी कदम चाल्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘किसानले फलाएका सामान नेपाली बजारमा बेच्ने वातावरण बनाइदिए पुग्छ ।