खाँचीकोटको म्युखाेला काण्ड: सँगै बसेर मदिरा पिए, सामान्य झगडामा चिर्पटले हान्दा श्रीमतीकाे ज्यान गयाे


हरिप्रसाद भुसाल
खाँचीकोट, अर्घाखाँची । असाेज १३ गते साँझकाे समय । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नं ७ खाँचीकोटको म्युखाेला निवासी कृष्ण बिक र सीता विक (श्रीमान श्रीमती) ले संगै बसेर मदिरा पिए ।
यसअघि पनि संगै मदिरा लिने गरेका बिक दम्पतिमा मदिराका तालमा घरायसी झगडा शुरु भाे । झगडा अलिक बढ्दै गएपछि श्रीमान कृष्णले सितालाई दाउराले बजाए ।
कृष्णकाे प्रहारपछि घाईते भएकी सिताकाे घटनाकाे केही समयमै ज्यान गयाे । आफुले दाउराले हानेकाे स्विकार्दै बिकले भनेका छन् “मारिहाल्ने उदेश्य त हाेईन, त्यस्तै पर्न गयाे ।”
स्थानियका अनुसार कृष्ण बिकले यस अघि पनि मदिरा खाने अनि घरमा झगडा गर्ने गर्थे । हत्या अाराेपित कृष्ण बिकलाई हिजाे नै प्रहरिले नियन्त्रणमा लिएकाे छ । 
“हाे हामीले आराेपित ब्यक्तिलाई नियन्त्रणमा लिइसकेका छाैँ ।” जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रबक्ता समेत रहेका प्रहरी निरिक्षक सुजन शाहले भने “घटना कसरी भयाे, किन भयाे ? बिस्तृत अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।”
शाहका अनुसार बिकले आफै हत्या गरेकाे भने स्विकारीसकेका छन् ।

अन्य समाचारहरु