युवराज पौडेल
पन्जाब, भारत (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाका एक युवाको हृदयघातका कारण भारतको पन्जाबमा निधन भएको छ ।
जुकेनाका स्व. गोबिन्द पौडेलका ३० वर्षिय छोरा कमल पौडेल एक युवाको हृदयघातका कारण भारतको पन्जाबमा बुधवार निधन भएको हो ।
उनलाई काममा जाने बेलामा एकास्सी हृदयघात भएको थियो ।
अविवाहित कमलका बुवाको करिब १४ बर्ष पहिले निधन भएको र आफ्नो जिबिकोपार्जनको लागि रोजगारीको सिलसिलामा करिब दस महिना पहिले कमल पन्जाबमा आएका थिए ।
पौडेलको परिवारमा आमा दुई दिदी र एक बहिनी रहेका छन् । पौडेलको शब आजै पोस्टमार्टम गरि अन्त्यष्टी गरिने आफन्तहरूले जनाएका छन् ।