अर्घाखाँचीभर दशैं र तिहारलाई ध्यानमा राखेर प्रहरीद्धारा यात्रु सहायता कक्ष स्थापना (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचा, चुत्राबेसीको भक्तीटोला, ठाडा, खन, नरपानी, खिल्जी लगायत जिल्लाभर बिजया दशमी तथा शुभ दिपावलीलाई ध्यानमा राखेर प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ। 
प्रहरीले शुक्रबारदेखि सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचा, चुत्राबेसीको भक्तीटोला, ठाडा, खन, नरपानी, खिल्जी लगायत जिल्लाभर बिजया दशमी तथा शुभ दिपावलीको बेला भिडभाड हुने यात्राुहरुलाई आबगमनमा असहज हुन सक्ने भन्दै यात्रु सहायता कक्ष स्थापना गरेको हो । 
उता सन्धिखर्कमा जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको कार्यक्रममा नेपाली सेना ईश्वर बकस गुल्मका सेनानी आदित्य सिलवाल, शसस्त्र प्रहरी बल गुल्मका गुल्मपति रामकृष्ण महर्जन , रास्ट्रिय अनुसन्धान का प्रमुख बिनय चत्रुबेदी , सन्धिखर्क नगरपालिका वार्ड न. १ का वार्ड अध्यक्ष युबराज बन्जाडे, नेपाल मानव अधिकार संगठनका जिल्ला उपाध्यक्ष बिष्णु बस्नेत , देउराली यातायात प्रा.लि का अध्यक्ष गोबिन्द बन्जाडे,टेक्सी ब्याबसायी  समितिका अध्यक्ष महेन्द्र भुसाल पश्चिम् नेपाल बस ब्याबसायी प्रा.लि का प्रतिनिधि कमल घिमिरे लन्का यातायात प्रा. लिका अध्यक्ष कृष्ण भुसाल नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत संचारकर्मीको उपस्थित रहेको थियो ।
साथै यात्रु सहायता कक्षको स्थापना गर्नुको उदेश्य माथी प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले सस्कृती परम्परा अन्तरगत चाडपर्व मान्न मनाउन मानिस हरुको आबतजाबतमा भिडभाड बढ्ने कोबिड संक्रमत कायमै रहेको, हरेक किसिमका आबतजाबतमा असहजता हुन सक्ने  सबै किसिमका असहजतालाई सहजीकरण गर्न साहायता कक्षको स्थापना गरिएको, उल्लेख गर्दै यातायात ब्याबसायी तथा चालक  सहचालकहरुलाई यात्रुमैत्री ब्याबहार गर्न समेत निर्देशन दिएका थिए  उनले नागरिक मैत्री व्यबहार गर्न सबै पक्षलाई अनुरोध समेत गरेका थिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड न. १ का वडा अध्यक्ष युबराज बन्जाडे टेक्सी यातायात ब्याबसायी  समितिका अध्यक्ष महेन्द्र भुसाल  नेपाल पत्रकार महासंघका अध्यक्ष लागायतका अतिथिहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
यात्रु सहायता कक्ष स्थापना कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहाको संचालनमा सम्पन्न भएको थियो ।