सन्धिखर्क वार्ड नं. २ मा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा राष्ट्रिय युवासंघको भेला सम्पन्न (तस्बिरहरु)


शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड  नं. २ मा नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा राष्ट्रिय युवा संघ नेपालको भेला सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य ज्ञानेन्द्र घिमिरेले वर्तमान देउवा नेतृत्वको सरले युवाको पक्षमा काम गर्न नसक्ने बताउनुभयो । उहाँले सामाजिक बिकृति र विसंगतिका बिरुद्ध युवाहरू एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभयो । 
नेकपा एमालेका युवा नेता बावुराम भुसालले युवाहरु सिर्जनाका प्रतीक र परिवर्तनका वाहक भएको बताउनुभयो ।
युवासंघ वडा कमिटीका ईन्चार्ज रबि के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता प्रकाश श्रेष्ठ ,कमरदिन मियाँ, बिक्रम नेपाली लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । 
भेलाले भुट्टु खानको अध्यक्षतामा १सय ५१ सदस्यीय वडा कमिटीको चयन गरेको छ । कमिटीको सहसंयोजकमा मधु वादी ,अम्मर जि.सी.,लालबहादुर बि.क. र सचिवमा राजकुमार  परियार परियार लगायत रहनुभएको छ ।

अन्य समाचारहरु