अर्घाको बेल्टारीमा माओवादी केन्द्रको टोल भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १० अर्घाको बेल्टारीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को टोल भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
अर्घाको बेल्टारीमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को टोल भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 
टोल भेला तथा प्रशिक्षण कार्यक्रममा  प्रमुख अतिथि माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति संयोजक ठाकुर कुमार विकले “अहिलेको सन्दर्भमा पार्टीले अगाडि सारेको राजनैतिक कार्यदिशा र हामिले निर्वाह गर्नु पर्ने भूमिका”को बिषयमा प्रशिक्षण दिएका थिए ।  अर्घाखाँचीको माओवादी इतिहासमा बेल्टारी त्यस्तो आधार भुमि हो जस्ले माओवादी जनयुद्धको सिंगो गाथा बोकेको छ। हामिले हाम्रो इतिहास बिर्से शाहीदको रगतले पोल्ने छ । अत: अविचलित र अविच्चिन्न रुपमा समाजवादी क्रान्तिको यात्रामा लाम बद्ध हुन आग्रह गर्दै, त्यसैको सफलतामा मात्र हाम्रो स्वार्थ निहित रहेको बताए । 
कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सद्स्य तथा जिल्ला कार्यालय सदस्य एवं नगर कमिटी इन्चार्ज राजेन्द्र भुसालले पनि यो टोललाई कम्युन क्षेत्रको रुपमा बिकास गरौ, इतिहास कुल्चनेका पछि कहिल्यै नलागौ, इतिहासको रक्षा हाम्रो अभिभारा हो। नेतृत्व आफै जन्मदैन, संघर्षको भट्टि बाट पैदा हुने कुरा हो। कसैलाई अवतार मानि बस्नु हामि झन दासी हुनु हो। अब युवाहरुले पनि नेतृत्व बिकासमा ध्यान दिनु पर्छ भन्ने धारणा राखेका थिए । भने नगर कमिटी सदस्य तथा वार्ड कमिटी अध्यक्ष राजेन्द्र जि.सी, नगर कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मोहन सिंह ठकुरी, जिल्ला सल्लाहकार तेज बहादुर थापा, जेष्ठ कम्युनिष्ट मञ्च जिल्ला सदस्य मान बहादुर थापा, नगर कमिटी सदस्य तथा महिला नेतृ लक्ष्मि भुसालले बोलेका थिए । 
कार्यक्रममा बिनोद थापाको अध्यक्षता र बालकृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु