एकीकृत समाजवादी निकट अर्घाखाँची – रुपन्देही सम्पर्क मंचको भेला सम्पन्न | चौहानले भने; १० बुदे सहमति शिरदेखि तीरसम्म गलत


अनिशा बस्नेत 
बुटवल  । नेकपा ( एकीकृत समाजवादी) निकट रुपन्देही -अर्घाखाँची सम्पर्क मंचको भेला सम्पन्न भएको छ । 
नेकपा( एकीकृत समाजवादी) निकट रुपन्देही -अर्घाखाँची सम्पर्क मंच ले अगुवा कार्यकर्ता भेला तथा गठन शनिबार बुटवलको नमस्ते पार्टी प्यालेसमा सम्पन्न गरेको हो । 
कार्यक्रममा नेकपा( एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले सम्बोधन गर्दै १० बुदे सहमति शिरदेखि तीरसम्म गलत रहेको दाबी गरे ।
एमालेले १० बुदे सहमति पत्रमा प्रतिनिधिसभा विघटनसम्बन्धी कुनै स्पष्ट शब्द नराखिएको बरु ढाकछोप ,  जालजेल गरेको र तसर्थ विद्रोह गर्न बाध्य भएको बताए । समाजवादी को उत्साह देखेर ढिलो चाडो नेकपा (एकीकृत समाजवादी) फर्किने र देशको पहिलो पार्टी हुने नेता चौहानले बताए ।  
नेकपा (एकीकृत समाजवादी) केन्द्रिय उपाध्यक्ष  राजेन्द्र पान्डे ले पार्टीको काममा सक्रिय भएर लाग्न कार्यकर्ता लाई आग्रह गरेका थिए ।
यस्तै नेकपा (एकीकृत समाजवादी) उप-महा सचिव तथा मोर्चा संगठन इन्चार्ज विजय पौडेल, रूपन्देही अध्यक्ष तथा प्रदेश कमिटी सचिव राजु गुरुङ लगाएत ले सम्बोधन गरेका थिए । 
नेकपा रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भोज बहादुर खड्का, नवदिप युवाक्लबका अध्यक्ष सुर्य कुँवर , महेश पन्थी लगायत एक सय जनाको उपस्थिती रहको थियो ।
नेकपा एकीकृत समाजवादी अर्घाखाँची रुपन्देही सम्पर्क मंचको अध्यक्षमा लोक नाथ पाण्डेलाई चयन गर्दै ५१ सदस्य समिती गठन गरेको थियो । 
कार्यक्रम स्वागत मनतव्य लक्ष्मण खड्काको रहेको थियो भने संचालन तथा समापन लक्ष्मण पाण्डे ले गरेका हुन ।