अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले सबै वार्डहरुका किसानहरुलाई तोरीको उन्नत बीउ वितरण कार्यक्रम शुरु भएको छ ।
सन्धिखर्क नगरपालिकाले सबै वार्डहरुका किसानहरुलाई तोरीको उन्नत बीउ वितरण कार्यक्रम शुरु भएको हो ।
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विकले बीउ वितरण गरेका थिए ।
७५ प्रतिशत अनुदानमा तोरीको बीउ वितरण कार्यक्रम अनुसार हरेक वार्डका किसानलाई ७० किलो तोरीको उन्नत बीउ वितरण गरिने छ । कृषि फर्म २ किलो र व्यक्तिगत किसानलाई १ किलो दिईने छ ।