अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा उपभोक्ता हकहित सम्बन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकामा आज आईतबार उपभोक्ता हकहित सम्बन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, साहयक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।