अर्घाखाँचीमा बडादशैं नजिकदै गर्दा भीडभाड हुने क्षेत्रमा कार्तिक ४ गतेसम्म रोक,सराय नाँच नहुने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नजिकिदै गरेको बडादशैंलाई मध्य नजर राखेर भीडभाड हुने क्षेत्रमा रोक लगाईने भएको छ ।  यस्तै सराय नाँच नहुने  भएको छ ।   
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले नजिकिदै गरेको बडादशैंलाई मध्य नजर राखेर भीडभाड हुने क्षेत्रमा अझै कार्तिक ४ राती १२:०० बजेसम्म रोक लगाउने गरी अन्य सबै खोल्ने निर्णय गरेको हो । 
 अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात हाेटल, रेष्टुरेन्ट, शैलुन, जिमहल सबै ५ बजेदेखि  बेलुका ८ बजेसम्म  खुल्ने छन् ।  यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी  पसल र व्यवसाय,  सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खुलेका छन् । 
जिल्लामा  विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।   
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । 
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।