अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर २ चुत्राबेसीको भद्रकालीमा नेकपा (एमाले ) निकट अखिल नेपाल महिला संघको टोल कमिटी गठन भएको छ ।
चुत्राबेसीको भद्रकालीमा सोमबार अखिल नेपाल महिला संघको २१ सदस्यीय टोल कमिटी गठन भएको हो ।
नवगठित कमिटीको अध्यक्षमा रमा खड्का, उपाध्यक्ष : सान्ता श्रेष्ठ सचिव : सावित्रा भुसाल सह सचिव : सीता पौडेल कोषाध्यक्ष : थमकला पुन रहेका छन् । यस्तै सदस्यहरुमा निसा श्रेष्ठ , तारा पुन , केसरी पुन , छमकला श्रेष्ठ , सरस्वती खनाल , सरस्वती भुसाल , राधा वि क ,रुपा वि क , सीता वि क , तुलसा पन्थी , पबित्रा बन्जाडे , सुमित्रा बि क , कृष्णा मुखिया रहेका छन् ।
कार्यक्रम प्रभा पौडेलको संचालनमा, पार्वता श्रेष्ठको अध्यक्षतामा, साबित्रा भुसालको स्वागत मन्तव्य , मीना सावदको प्रमुख आथित्यता , यमलाल पौडेल , पबित्रा सापकोटा , जेष्ठ नागरिक जीतबहादुर खड्काको बिशेष आथित्यतामा सम्पन्न भएको थियो ।