खनदहमा १८ करोड लगानीमा १५ बेडको सुविधा सम्पन्न अस्पताल बन्ने, २ वर्षमा सम्पन्न हुने (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खनदहमा १५ बेडको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ ।
देशभरका स्थानिय तहमा एकैपटक शिलान्यास गर्ने अभियान अनुसार  मालारानी गाउँपालिका गाउँपालिका वार्ड नम्बर ३ खनदहमा १५ बेडको सुविधा सम्पन्न अस्पताल बनाउन शुभारम्भ भएको हो ।
गाउँपालिकाको केन्द्र खनदह बजार नजिक १५ बेडसहितको अस्पताल भवन निर्माण कार्यको पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले पुजापाठ गरि शुभारम्भ गर्नु भयो  । 
अस्पताल बन्ने भएपछी पालिकावासी खुसी भएका छन् । उपचारको लागि पाल्पा र गुल्मी जानु पर्ने बाध्यता थियो । स्थानीय छबिलाला खनालले बताउनु भयो । नबन्दै के हो भन्ने थियो निर्माण सुरु भयो, मालारानी बासी खुसी छाै उनले भने । 
गाउँपालिकाको १८ करोड (भ्याट सहित) मा डाँफे अम्मर जेवि प्रा.लि.ले निर्माणको जिम्मा लिएको छ । भवन निर्माण आर्थिक वर्ष २०७९/०८०  सप्पन्न गर्ने गरि काम अगाडि बढाएको छ । 
अस्पताल भवन निर्माण सम्पन्न भएपछी विशेषज्ञ डाक्टरसहितको सेवा दिईनेछ । गाउँपालिकाले पालिकाभित्रको एक जना जेहेन्दार तथा गरिव परिवारका विद्यार्थीलाई एमविविएस डाक्टर अध्ययन गर्न आर्थिक सहयोग गरेको र एमविविएस उत्तीर्ण गरिसकेपछी ५ वर्षसम्म सोही अस्पतालमा सेवा सुविधा सहित काम गर्ने पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
अस्पताल भवन निर्माण कार्य शुभारम्भ कार्यक्रममा  उपाध्यक्ष प्रमिला क्षेत्री,  नेकपा एमालेका केन्द्रिय सल्लाहकार नरेन्द्रकुमार क्षेत्री , मालारानी २ का वडाध्यक्ष ,बिनोद खनाल , शोभाखर खनाल,८ का वडा अध्यक्ष नरेन्द्र कुमार बस्नेत  , पालिकाका कर्मचारी, स्थानियहरुको सहभगिता रहेको थियो ।