अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ४ वाङ्लाको जहरेखोलामा अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वाङ्लाको जहरेखोलामा बुधवार अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जहरेखोलामा लु ४ त ३०६० नम्बरको ट्याक्टरद्धारा अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा खटिएको प्रहरी टोलीले फेला पारी उक्त ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै सन्धिखर्क नगरपालिकाका कार्यालयमा बुझाएकोमा रु.१०,०००।- (अक्षरुपी रु.दश हजार ) राजश्व जरीवाना पनि प्रहरीले बताएको छ ।