डिभर्नाका शारीरिक रुपमा अशक्त तथा सन्धिखर्कका मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं-१२ डिभर्नाका शारीरिक रुपमा अशक्त तथा सन्धिखर्कका मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । 
डिभर्नाका शारीरिक रुपमा अशक्त सन्त बहादुर विक तथा सन्धिखर्क – १ का दुबै मृगौला पीडित शिव नेपालीलाई हाल इजरायलमा बस्दै आएका सन्धिखर्क ६ नरपानीको जगताका सुरेन्द्र दमासेकिकी  श्रीमती समाजसेवी मन्जु लिना पराजुलीबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
जीवनोद्धार मा.बिका विज्ञान शिक्षक मञ्जु लिना पराजुलीले अर्घाखाँचीडट्कमका सम्पादक सन्तोष के.सी, प्रतिनिधि ठाकुर सुनार, पत्रकार बसन्त श्रेष्ठ, शिक्षक तथा समाजसेवी जनक प्रसाद बस्याल लगायतको उपस्थितीमा सन्त बहादुर विकलाई  १७ हजारको सरसमान नगद ३ हजार रुपैया सहयोग गरेकी हुन् । विकलाई केही दिन अघि सन्धिखर्क नगरपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले ह्वील चियर प्रदान गरेको थियो । यस्तै उनले दुबै मृगौला पीडित  शिवबहादुर नेपालीलाई ५ हजार रुपैया सहयोग गरेकी छिन् ।  
सन्त बहादुर आजभन्दा २० बर्ष पहिले पानी बोक्दै गर्दा लडेका थिए उनलाई उपचार गराउदा गर्दा लाखौं पैसा खर्च गरेर पनि निको नभएको र अहिले उनलाई दुबै खुट्टाको शारीरिक अबस्था कमजोर रहेको र उनलाई दैनिक जिविका पार्जन गर्न पनि समस्या भएको छ।
साथै मन्जुले समय समयमा विपिन्न गरिव परिवारलाई सहयोग गर्दै आएकी छिन् । 

अन्य समाचारहरु