रामप्रसाद बन्जाडे
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीको डाँडाका एक युवाले विदेशको रोजगार त्यागेर कृषिमा रमाएका छन् ।
धारापानीको डाँडाका हरिप्रसाद भुसालले विदेशको रोजगार त्यागेर कृषिमा रमाएका हुन् ।
पछिल्लो समयमा गाउँ घरका अधिकाम्स युबाहरु बिदेसिएको खुसीसँग आफुपनी रोजगारको लागि मलेसिया पुगेका धारापानीको डाँडाका भुसालले आफू बिदेसमा भन्दा मेहनत गर्न सके स्वदेश मै कृषि प्रती बिदेशको आमदानी भएको ठूलो खुसीको कुरा भएको बताए ।
यस्तै कृषि प्रती आधारित भएको आफ्नो देश छोडेर दिनमा १५०० युबाहरु बिदेसियको देखदा अचम्म लागेका हरिप्रसाद भुसालले यति बेला छिमेकी लगायत आफ्न साथीहरुलाई पनि देश छोडी बाहिर जानू राम्रो होइन उनले भने ।
कृषि छेत्रमा काम गर्दा मेहन्त र परिश्रमगरि लामो समय खटिनु परेपनि धेरै लगानी लगाउन नप्रने हुदा कृषि प्रती आधारित भई गाउँ घरमा परिबार को साथ रमाइ आफुमा ठूलो खुसीमहसुस गरेको बताए ।
आफू कृषिमा आधारित भएसँगै यस कृषि तथा पसुपन्छी फर्मले अहिलेसम्म केही पलास्टिक टनेलहरु नगर पालिकाले उपल्बध गराए पनि कृषि प्रतिशत भनेर मनिएको मेरो देसमा कृषि प्रती कुनैपनि अरु औजारहरु उपल्भद नहुँदा अति दु:खको कुरा भएको बताए ।
यस्तै कृषिमा आधारित भयको हाम्रो देसमा सरकारके कृषिमा परिश्रम गरि रहेका अधिकाम्स युवाहरूलाई कृषि प्रती चासो राखी केही सहयोग गर्ने हो भने गाउँ छोडी शहर जाने देश छोडी बिदेस पस्नेहरुको सङ्ख्या पक्का पनि रोकिने थियो होला भन्ने उनको भनाई छ ।