सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले गुणस्तरीय काम गरे नगरेको आफू सहित प्राबिधिकले अनुगमन नगरि भुक्तानी नदिने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ र वार्ड नम्बर १२ मा भएका विभिन्न योजनाहरुको अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले गाउठाउमा भईरहेको बिकास निर्माणको काम गुणस्तरीय छ छैन भन्नेकुरा स्थानिय बासिले समेत अनुगमन गरि गुणस्तरीय काम गराउन का लागि सबले भुमिका खेल्नु पर्ने बताउदै सबै योजनाहरुको अनुगमन लाई तिब्र पार्ने बताउनु भयो ।
प्रशासकीय अधिकृत अर्याल नगरपालिका मातहतका सबै कार्यलयहरुमा मुस्कान सहितको सरल सहज सेवा दिन र सेवाग्राहीको कुनै गुनासो नआउने गरि सेवाप्रवाहा गर्न कर्मचारी लाई अाफुले निर्देशन गरि सकेको बताउदै ईमानदारीताका साथ बिकास निर्माणका कामहरुमा हातेमालो गर्न सबैलाई आग्रह गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले फिल्डमा खटिने प्राबिधिक हरुले पनि गुणस्तरीय काम नगराए आफुलाई जानकारी दिन उपभोक्ता हरुलाई आग्रह गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्याल सन्धिखर्क नगरपालिकामा आएपछि नगरपालिका भित्रको दैनिक प्रशासनिक सुधारका काम हुनुको साथै सुसासन पारदर्शिता लाई पहिलो प्राथमिकता मा राखेर काम गरिरहेको भन्दै जनप्रतिनिधि हरुले समेत प्रशम्सा गर्ने गरेका अर्याल दैनिक प्राबिधिक बोकेर फिल्डमा पुगेर बिकास निर्माणका कामको अनुगमन गर्ने गरेका छन ।
अर्याल नेपाल कै कान्छो उपसचिव को सुचिमा छन भने काममा पनि पारदर्शिता कायम गरेर अगाडि बढीको भन्दै सबैले प्रशम्सा गर्ने गरेका छन ।