अर्घाखाँचीमा विधुत प्राधिकरणको नयाँ प्रमुखमा रमेश बन्जाडे आए, खनाल बुटवल वितरण केन्द्रमा सरुवा


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको नयाँ प्रमुखमा रमेश बन्जाडे आएका छन् । 
विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको नयाँ प्रमुखमा गुल्मीको खर्ज्याङका रमेश बन्जाडे आएका हुन् । उनी बेलहिया वितरण केन्द्रबाट सरुवा भएर अर्घाखाँची आएका हुन् ।
यस्तै किरण खनाल बुटवल वितरण केन्द्रमा सरुवा भएर गएका छन् । साथै सोमबार नयाँ प्रमुख बन्जाडेलाई स्वागत तथा सरुवा भएर गएका खनाललाई विदाई आयोजना गरिएको थियो । प्रमुख खनाल सहित अर्घाखाँची वितरण केन्द्रबाट संगीता आचार्यको पनि सरुवा भएको छ । 
उता यस अगाडि गत वर्ष २०७७ पौष १३ गते सोमवार प्रमुख भएर विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा आएपछि  खनाल आफुले हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेका थिए ।           
केन्द्रका प्रमुख किरण खनालले सार्वजनिक गरेका १६ उपलब्धिहरु यस्ता छन् :–     
१) वितरण केन्द्रमा आवश्यक जनशक्ति र लाइन निर्माण सामग्रीको उचित व्यवस्थापन गरेको छ ।  
२) बिजुली आपूर्ति विश्वसनीय बनाउने उद्देश्यले दुर्गाफाँट ३३/११ के. भि. शबस्टेसन सन्चालन गरि नयाँ दुई  फिडरको सञ्चालन  गरेको छ ।  
३) ग्राहक वर्गमा  मिटरको अभाव हुन नदिएको साथै  करिव २००० ग्राहक संख्या वृद्धि गर्न सफल भएको छ ।  
४) सम्पूर्ण थ्री फेज ग्राहकलाई समयमा टिओडी मिटर तथा  स्मार्ट मिटर सहज तरिकाले  उपलब्ध  गराएको छ ।  
५) सम्पूर्ण फिडरको जिआई आधारित एसएलडी तयार भएको छ ।   
६) वितरण केन्द्रको वास्तविक लस प्रतिशत  यकिन गरि आर्थिक वर्ष ०७७/७८  मा नोक्सान लक्ष्य ५% दिइएकोमा ४.२३%  कायम गर्न  सफल भएको छ ।   
७) आर्थिक वर्ष ०७७/७८  मा व्यापक ला. का. गरि  डेडिकेटेड समेत गरि संचयी संग्रह करिब  ९०% कायम गर्न सफल भएको छ ।    
८) काठको जिर्ण पोल बदली गर्न थप बजेटको ब्यबस्था गरि करिब ३००० पोल बदली गर्नको लागि ठेक्का भएकोले चालू आ.ब.मा सक्ने गरि   काम तिब्र गतिमा भैरहेको  छ ।   
९) बितरण प्रणालीमा व्यापक सुधारको काम भैरहेको जस्ले गर्दा लाइन जाने आउने समस्या न्यूनीकरण हुँदै छ ।   
१०) बिभिन्न ठाउँको बिधुतीकरणको लागि ठेक्का भएको साथै शितगङा नगरपालिकाको अधुरो सम्पन्न हुन बाके ठेक्का अन्तिम चरणमा रहेको छ ।  
११) विगत एक बर्षमा कुनै प्रकारको विधुतिय दुर्घटना नभएको ।  
१२) गत आ. व. मा वितरण ट्रान्सफर्मर जल्ने संख्या १० भन्दा कम नै रहेको ।  
१३) २४ घन्टा नो लाईट सेवा सन्चालन गरेको छ ।   
१४) ९ महिनामा १ विद्युतीय सामान र १० कामहरु गरि जम्मा ११ सिलबन्दी दरभाउपत्रबाट विधुतिकरणको कार्य गरेको। 
१५) छिटैनै फुदबाग १३२/३३,३० एमभीए   सबस्टेशन सन्चालन हुन लागेकोले अब दीर्घकालीन रुपमा अर्घाखाँचीको लाइन ट्रिपिंगको समस्या समाधान हुँदै ।
१६) अर्घाखाँची अस्पतालमा रहेको अक्सिजन प्लान्ट सन्चालनको लागि ट्रान्सर्फमर अपग्रेड गरि आबस्यक बिधुत सप्लाइको ब्यबस्था गरिएको छ ।