हरि कुँवर
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीका क्यान्सर पीडित युवालाई आर्थिक समस्या परेको छ ।
पालीका क्यान्सर पीडित विष्णु लम्साललाई उपचारको लागि परिवारले सहयोगको लागी अपिल गरेको हो ।
पीडित विष्णु भारतको राजिव गान्धी अस्पतालमा उपचाररत छन् । आन्द्रामा क्यानसर देखिएको करीव ७ महिनाअघि खर्च निकै भएको कारण अहिले आर्थिक अवस्था कम्जोर भइ थप समस्या आइपरेको लोक गायक बसन्त लम्सालले बताए ।
विरामीका भाई तथा लोक गायक बसन्त लम्सालले भने;- “हाम्रो आर्थिक अवस्था कम्जोर भयो । इस्टमित्र दाजु भाइ संघ संस्था सम्पुर्ण प्रति माइलो दाजुको जीवन रक्षाको लागि सहयोगको अपिल गर्दछु ।”
उनलाई आर्थिक सहयोग गर्न चाहेमा तलको विवरण अनुसार संपर्क गर्न सकिनेछ:-
लोक तथा दोहोरी गायक वसन्त लम्साल
९८५७०५४१०९
भारतको लागि सम्पर्क
बिष्णु लम्साल
+९१-९८७०५९४८३२
शंकर लम्साल
+९१-९९६८०३३११८