लगातारको भीषण वर्षाले पुरा चुत्राबेसी डुवानमा, बाँगी खोला जलमग्न (फोटो भिडियो सहित)
कार्तिक ३ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लगातारको वर्षाले अर्घाखाँची जिल्लाको चुत्राबेसी डुवानमा परेको छ।
रातभरीको वर्षाले बाँगी खोला वहाव बढेको र निकास साँघुरो हुँदा चुत्राबेसी क्षेत्र जलमग्न भएको हो। अहिले भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायत सम्पूर्ण क्षेत्रमा दुबान भएको छ ।
मध्यरातमा चुत्राबेसी बजारभित्रका सबै गल्ली पनि जलमग्न भएका छन् । बाँगी खोला किनाराका बासिन्दालाई बाहिर निस्किएका छन् ।
अधिक वर्षा भएपछि बाँगी खोला किनाराका सम्पूर्ण क्षेत्र जोखिममा परेका छन् । अहिलेसम्म कुनै क्षेतिको विवरण आएको छैन् । भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायतका क्षेत्रमा डोजर लगाएर निकास खोल्ने काम भईरहेको छ ।
बाँगी खोला अतिक्रमणका कारण निकास साँघुरो हुँदा डुबान भएको हो । अर्घाखाँचीको ईतिहासमा यस अगाडि यि क्षेत्रमा अधिक वर्षाका कारण डुवानमा भएको थिएनन् ।