अर्घाखाँचीभर विधुत अवरुद्ध, सुचारू हुन अझै हप्ता दिन लाग्न सक्ने | क्षतविक्षत तारहरू नछुन अनुरोध
कार्तिक ३ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षा र बाढीका कारण अर्घाखाँची जिल्लाभर विधुत अवरुद्ध भएको छ ।
जिल्लाका विभिन्न ठाउँमा पाेल ढलि तारहरू क्षतविक्षत भएका कारण विधुत अवरुद्ध भएको हो । नेपाल विधुत प्राधिकरण अर्घाखाँचीका अनुसार विधुत लाईन नियमित सुचारू गर्न अझै कम्तिमा हप्ता दिन लाग्न सक्ने बताएको छ ।
साथै पाेल ढलि क्षतविक्षत भएका तारहरू नछुन पनि प्राधिकरणले अर्घाखाँचीडट्कम मार्फत अनुरोध गरेको छ । कुनै जानकारी लिन परेमा ९८५७०६६८२४ ९८५७०८६८२६/९८५७०८६८२७ ९८५७०८६८२५ वा ०७७४२०१३१/०७७४२०३९४ मा संपर्क गर्न सकिने बताइएको छ ।
यस्तै सन्धिखर्क लगायत जिल्लाभर खानेपानी पनि अवरुद्ध भएको छ । ठाउँ ठाउँमा बाढी र पहिरो गएको कारण खानेपानी अवरुद्ध भएको हो । साथै जिल्लाभरका सडक अस्तव्यस्त रहेका छन् ।