जुकेनाको कालिका मालिका भगवती मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा सराय नाँच सम्पन्न (भिडियो, तस्बिर सहित)
कार्तिक ३ गते, २०७८ मा प्रकाशित
बिष्णु पौडेल | अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको कालिका मालिका भगवती मन्दिरमा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा सराय नाँच सम्पन्न भएको छ ।
जुकेनाको कालिका मालिका भगवती मन्दिरमा सराय नाँच साथ फुलपाती विसर्जन कार्यक्रम सम्पन्न भएको हो ।
कोरोनाको कारण गत वर्ष रोकिता पनि यो वर्षको विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा जुकेनाको कालिका मालिका भगवती मन्दिरमा सम्पन्न छ । विजयको उल्लास स्वरुप खेलिदै आएको परम्परागत खुँडा,तरवार,खुकुरी लगायतका हतियार सहित निकालिएको सराय नाँचले यहाँका विभिन्न क्षेत्रमा परिक्रममा गरेको थियो ।
अबिरल बर्षाका कारण ब्यवस्थापन गर्न कहि असजिलो र भक्तजनको समेत कम उपस्थिमा कार्यक्रम सम्पन्न भएको थियो ।